मधेश

बर्दिवासमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन रोक

इकागज |
मंसिर १०, २०७७ बुधबार १२:२३ बजे

बालिका हत्यापछि स्थानीयले गरेको प्रदर्शन । फाइल तस्बिर

महोत्तरी : बर्दिबासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा लगाइएको छ । पूर्वमा वडा नम्बर १ को रातो खोला, पश्चिममा वडा नम्बर ५ को माइस्थान, उत्तरमा  वडा नम्बर ३ को पाटु र दक्षिणमा  वडा नम्बर ८ को क्वार्टर चोकलाई निषेधाज्ञा क्षेत्र तोकिएको छ ।

निषेधाज्ञा अवधि र क्षेत्र मा ५ जनाभन्दा बढी भेला हुन नपाउने बताइएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारू रहने बताए ।


र, यो पनि
- महोत्तरीमा प्रहरीको गोली लागेका घाइतेको मृत्यु
अदालतबाट धरौटीमा छुटेपछि बालिकाको बलात्कार गरी हत्या
बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते
बलात्कारपछि बालिकाको हत्या आशंकामा प्रदर्शन


Author

थप समाचार
x