मधेश

मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको सुझाव

सुभाष कर्ण |
जेठ ३०, २०७८ आइतबार १६:२७ बजे

जनकपुरधाम : प्रदेश-२ का प्रदेश प्रमुख डा.राजेश झा अहिराजले प्रदेश सरकारलाई समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई सुझाव दिएका छन् । देशमा संघीयता, समानुपातिक तथा समावेशी शासन व्यवस्था निर्माणमा सयौँ शहादत प्राप्त गरेको तथा न्यायपूर्ण समाजको निर्माणका लागि प्रदेश-२ ले नेतृत्वदायी भूमिका खेलेको गौरवपूर्ण इतिहासलाई स्मरण गराउँदै लेखिएको स्मरण पत्रमा मन्त्रिपरिषद्लाई समावेशी बनाउन उनले सुझाव दिएका हुन् ।

संविधानमै कूल मन्त्रिपरिषदको २० प्रतिशत समावेशी सिद्धान्तको आधारमा सहभागी गराउनुपर्ने व्यवस्था रहेकोमा हाल गठित मन्त्रिपरिषद्‍मा त्यस्तो नदेखिएकोले गैरवपुर्ण इतिहास बोकेका र अवसरबाट वंचितहरूलाई सहभागी गराउनुपर्ने सुझाव दिइएको छ । प्रदेश-२ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापनामा उल्लेख्य योगदान पुर्‍याएको कुरालाई दृष्टिगत गर्दै मन्त्रिपरिषद्‍मा महिला, दलित, आदिवासी, गैरमधेशी लगायतका पक्षलाई समावेशी सिद्धान्तको आधारमा नसमेटिएको देखिएकोले संवैधानिक व्यवस्था अनुसार नै उपस्थित गराउनेतर्फ पहल गर्न मुख्यमन्त्रीलाई उनले सुझाव दिएका छ ।



Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x