मधेश

जनकपुरधाममा राजावादीहरूको र्‍याली

सुभाष कर्ण |
मंसिर १०, २०७७ बुधबार १६:७ बजे

जनकपुरधाम : हिन्दु राष्ट्र कायम गर्न माँग गर्दै जनकपुरधाममा मोटरसाइकल र्‍याली निकालिएकाे छ । नेपाल राष्ट्रवादी समूह धनुषाको आयोजनामा मोटरसाइकल र्‍याली निकालिएकाे हाे। 

उनीहरूले 'हिन्दू राष्ट्र कायम गर, २०४७ सालको संविधान पुनर्वहाली गर र राजा आउ देश बचाउ'सहितका नारा नारा लगाउँदै र्‍याली निकालेका हुन् । जनकपुरधामको रेल्वे स्टेशनबाट नेपालको राष्ट्रिय झण्डासहित निस्केको र्‍याली भानु चौक, विद्यापति चोक र रामानान्द चोक हुँदै राम चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।


कोणसभामा बोल्दै सहभागीहरुले देशमा बढदै गइरहेको भ्रष्टाचार, हत्या, बलात्कार, महिला हिंसा लगायतका अपराधिक घटना नियन्त्रण गर्न राजनीतिकर्मीहरू असफल भएको भन्दै राजा बाहेक अर्को  विकल्प नरहेको बताएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x