धनुषाका ५ स्थानीय तहले निर्धारित समयमै बजेट ल्याउन सकेनन्
जनकपुरधाम : धनुषाका ५ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउन सकेका छैनन् । निर्धारित असार १० गते भित्र नगर सभा सम्पन्न गरी नीति तथा कार्यक्रम पारित र बजेट ल्याइसक्नु पर्नेमा आन्तरिक विवादका कारण बजेट ल्याउन सकेका छैनन् ।
जिल्लाका १८ स्थानीय तहमध्ये एक उपमहानगरपालिका गरी ८ वटा नगरपालिका र ४ वटा गाउँपालिकाले मात्र बजेट ल्याएका छन् । बाँकी तीनवटा नगरपालिका र दुई गाउँपालिकाले तयारी नपुगेको भन्दै बजेट ल्याउन सकेका छैनन् । जिल्लाको गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिकाले बजेट नसकेको हो । श्रोतकाअनुसार जनप्रतिनिधिबीच भागवण्डा मिल्न नसक्दा समयमा बजेट ल्याउन नसकिएको हो ।
शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवले नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरिसकेको भए पनि तयारी नपुगेकोले बजेट ल्याउन नसकिएको बताए ।चाडै नै सबैलाई समेटेर बजेट ल्याउने तयारी उनले बताए । त्यस्तै गणेशमान नगरपालिकाका मेयर रामबाबु यादव र जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल वारिख शेषले पनि तयारी नपुगेकाकारण बजेट ल्याउन नसकिएदाबी गरे ।
गत वर्ष पनि कमला नगरपालिका, मिथिला बिहारी नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनौजी र मुखियापट्टी गाउँपालिकासहित ५ वटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका थिएनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया