मधेश

प्रदेश २ : दुई विधेयक प्रमाणीकरण, दुई  फिर्ता

इकागज |
असार ३१, २०७८ बिहीबार २१:५६ बजे

जनकपुरधार : प्रदेश २ का प्रमुख डा राजेश  अहिराजले बिहीबार दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई  फिर्ता पठाएका छन् । प्रदेश सभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’  प्रमाणीकरण गरिएको हो । 

त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका छन् । डा अहिराजले यसअघि पनि ती विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए । ती विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x