मधेश

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत सरोकारवालाको प्रतिबद्धता

सुभाष कर्ण |
असोज ७, २०७८ बिहीबार १३:३५ बजे

जनकपुरधाम- हिन्दुधर्मावलम्बिहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरोकार निकाय प्रतिबद्धता जनाएका छन् । बुधबार जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित श्री जानकी मन्दिरलाई युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकरण सम्बन्धि बृहत् परामर्श कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरूले लिखित प्रतिबद्धता जनाएका छन ।

कार्यक्रममा बोल्दै सुदृढका प्रशिक्षक काई वाईजले कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न साँस्कृतिकतर्फ ६ तथा प्राकृतिकतर्फ ४ वटा मापदण्ड  युनेस्कोले निर्धारण गरेको छ । 


ती मध्ये यहाँका लागि सांस्कृतिकका ६ वटामध्ये कुनै एउटा पनि मापदण्ड पुरा भएपछि सूचीकृतको प्रक्रिया अघि बढ्ने जानकारी गराए । जानकी मन्दिरलाई सूचीकृत गराउनको लागि सम्पदाको दृश्य/अदृश्य पौराणिक धरोहरहरूको खोज अनुसन्धानात्मक हजार पृष्ठ लामो ओईसी तयार गर्नुपर्ने र सो बुझाएपछि विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रिया अघि बढ्‌ने जनाए ।

यो प्रक्रिया शुरू गरेपनि कम्तिमा तीन वर्ष समय लाग्छ । तर एक पटक सूचीकृत भएपछि कुन प्रक्रियाबाट भएको हो कसरी भएको भन्ने केही पनि महत्वपुर्ण नहुने वाईजले स्पष्ट पारे । कार्यक्रममा बोल्दै सुदृढका प्रतिनिधि कृष्णा ज्ञवालीले सबैको संकल्पले आजैबाट काम सूरु गरेपनि लामो समय लाग्‍ने भएको हुँदा यस विषयबारे अध्ययन अनुसन्धानको कार्य थालिहाल्नु पर्ने उनले प्रष्ट पारे । 

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखाका कर्मचारी सुरज अर्यालले स्थानीय स्तरबाट सूरु भएको कार्य अगाडि बढ्दै गएपछि पुरातत्व विभाग र मन्त्रालयले सहयोग गर्न कुनै कसर बाँकी नराख्‍ने प्रतिबद्धता अर्यालले व्यक्त गरे । 

विश्व सम्पदा सूचीमा सूचीकरणको प्रयासको क्रममा कमिशनको चलखेलमा रंगरोगन, टाइल्स, मार्बल र पर्खाल फोडेर विद्युतिकरणलगायतका मन्दिरको ऐतिहासिक स्वरुप बिगार्ने काम जारी रहेको सहभागीहरूले आरोप लगाएका थिए ।

सहभागीहरूको गुनासोमा मन्दिरका महन्थ रामतपेश्वर दासले विगतमा पनि टायल्सलगायतको भौतिक मर्मत सम्भार भएको हो । स्वरुपमा पनि परिवर्तन भएको छ जुन निकायलाई जे मन लाग्यो त्यहि गर्न थाल्छन सबैथोक हाम्रै वशमा नरहेको बताए । 

स्वरूप बिगार्ने काममा हामीबाट होइन नेपाल सरकार र हालको प्रदेश सरकारले गरेका छन् । प्रदेश सरकारले मन्दिर व्यवस्थापकसँग कुनै अधिकारिक स्वीकृति नै नलिई टायल्स मार्बल र विद्युतिकरण लगायतका काम गरेको उनले आरोप लगाए ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियामा मिथिलाको परम्परा महन्थाई अर्थात गुरु शिष्य परम्परा कायमै राख्नुपर्ने तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

पुरातत्वले सम्बन्धित जानकी मन्दिरका व्यव्थापकको सहमति मांगेपछि सो सहमति लिने क्रममा महन्थ रामतपेश्वर दास वैष्णवलाई प्रतिबद्धता जनाइ सकेकोले महन्थाई प्रथाको गुरु शिष्य परम्परालाई कायमै राख्नुपर्छ शर्त अघि सारेको बताए ।

कार्यक्रममा उपमहानगरपालिका प्रशासकिय अधिकृत विनोद खड्का, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, व्यवसायी, नागरिक समाजका अगुवा पत्रकार र विभिन्‍न पेशाकर्मीहरूको सहभागिता रहेको थियो ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x