मधेश

पूर्वमन्त्री यादवको नेतृत्वमा सीमानाकामा लगाइएको ढाट तोडियो

सुभाष कर्ण |
पुस १, २०७७ बुधबार २०:३४ बजे

जनकपुरधाम : नेपाल भारत सीमानाका खोल्नुपर्ने मांग गर्दै पूर्वउद्योगमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवको नेतृत्वमा सर्लाहीको मलंगवास्थित सीमा नाकामा लगाइएको ढाट तोडिएको छ । बुधवार दिउंसो पूर्वमन्त्री यादवको नेतृत्वमा सर्वपक्षीय सघर्ष समिति सर्लाहीका सदस्य एवं स्थानीय नेताहरू सहितको टोलीले नारा जुलुस गर्दै मलंगवास्थित दश गजामा पुगेर सीमानाकामा लगाइएको ढाट तोडेका हुन् ।

सीमानाका खोल्नुपर्ने सहितका विभिन्‍न माग राख्दै सर्वपक्षीय संघर्ष समितिले मंसिर २१ गतेदेखि आन्दोलनरत रहेका छन् । सोही क्रममा गोरखकाली प्रहरी चौकी नजिकै रहेको जिल्ला भन्सार कार्यालय अगाडि सीमा सुरक्षाको दृष्टिकोणले सशस्त्र प्रहरीले बन्द गरेर राखेको फलामे ढाट तोडेका छन् ।


सर्वपक्षिय संघर्ष  समितिले यथाशिघ्र सीमानाका खोल्नुपर्ने, राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग चालू आर्थिक वर्षमै  निर्माण सम्पन्‍न हुनुपर्ने, लगायतका ५ बुँदे मांग अघि सार्दै अनिश्‍चितकालिन धर्ना सहितका आन्दोलन जारी राखेका छन् ।

यसअघि सर्वपक्षीय संघर्ष  समितिले   मंसिर २९ गते साँझ मसाल जुलुस निकालेका थिए भने बुधवार मलंगवा बजार समेत बन्द गराएका छन् । सरकारले अब पनि हाम्रो मागलाई बेवास्ता  गरे आन्दोलनलाई अझ कडा बनाउने चेतावनी संघर्ष समितिले दिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x