मधेश

जसपाको मधेश प्रदेश समितिको पुनः यादव चयन

इकागज |
असोज २५, २०७८ सोमबार ७:२९ बजे

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ मधेश प्रदेश समितिको समायोजनसहित पुर्नगठन गरिएको छ । 'एक व्यक्ति एक पद' को नीति अवधारणा समायोजनसहित अवलम्बन गर्न निकै रस्साकस्सीपछि आइतबार राति जनकपुरधाममा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकबाट पुनः विजय यादवकै अध्यक्षतामा १ सय ५१ सदस्यीय मधेश प्रदेश कार्यसमिति गठन गरिएको हो ।

हाललाई अध्यक्ष बाहेक बाँकी सदस्यहरू नै नियुक्त गरिएको छ । कार्तिक १५ गते बस्ने समितिको बैठकबाट सदस्यहरू मध्येबाट अन्य पदाधिकारीहरूको चयन र कार्य विभाजन गरिने जनाइएको छ । 
नवनियुक्त पदाधिकारीहरूलाई केन्द्रीय अध्यक्ष यादवले आइतबार राति शपथ ग्रहण गराउँदै कार्यविभाजन नभएसम्म प्रदेश समितिहरू सम्बन्धित आ आफ्ना प्रदेश निर्वाचन क्षेत्रमा सुज अभियानमार्फत संगठन सुदृढिकरणको काम गर्न निर्देशन दिए ।


हुनत एक साता अघि नै  प्रदेश २ सरकारका  भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका अध्यक्ष यादवले राजीनामा दिएका थिए । के कति कारणले राजीनामा दिएको कुरा नखुलेपनि बार्गेनिङ्गका लागि राजीनामा दिएको थियो भन्ने कुरा पार्टीकै अर्को पक्षको आरोप छ ।

यादवले राजीनामा दिएपछि प्रदेश २ का पार्टी अध्यक्षमा जनकपुर उपमहानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य लालकिशोर साह र मृगेन्द्र सिंह यादवको नाम अध्यक्षमा चर्चा थियो । समितिको अध्यक्षका लागि लाल किशोरसँगै महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बालकिशोर यादव, ज्ञानेन्द्र यादव, राजकिशोर यादव, शैलेन्द्र साहलगायत पनि आकांक्षी रहेका थिए ।


Author

थप समाचार
x