मधेश

लोकसेवा आयोगलाई गाली गलौज गर्दै इमेल पठाउने युवकलाई कारबाही, एक वर्ष परीक्षामा सामेल हुन नपाउने

इकागज |
असोज ३१, २०७८ आइतबार १०:२७ बजे

जनकपुरधाम - गाली गलौज गर्ने एक युवकलाई प्रदेश २ लोकसेवा आयोगले कारबाही गरेको छ । आयोगले प्रमाणपत्र अपुग रहेको भन्‍दै जवाफ माग्दा महोत्तरीको एकडाडा गाउँपालिका बथनाहाका प्रनितकुमार झाले जवाफ दिनुको सट्टा गाली गलौज गरेको भन्‍दै एकवर्षको लागि कालासूचीमा राखेर कारबाही गरेको हो । 

कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापनमा प्रनितले पनि दरखास्त दिएका थिए । दरखास्तमा केही कागज अपुग भएपछि आयोगले इमेलमार्फत जवाफ माग्दा उनले अपशब्द गालीगलोज गरेर आयोगलाई इमेलमा पठाएका थिए । उनले अब आयोगको कुनै पनि लिखित परीक्षामा एक वर्ष सहभागी हुन पाउने छैनन् ।



Author

थप समाचार
x