मधेश

कांग्रेस महाधिवेशन : धनुषाको १ (क) मा साह र ४ (ख) मा पौडेल निर्विरोध

सुभाष कर्ण |
मंसिर १०, २०७८ शुक्रबार १३:३ बजे

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत दुई क्षेत्रमा निर्विरोध निर्वाचन भएको छ । जिल्लाको क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर ४ (ख) मा बासुदेव पौडेल प्रदेश सभा क्षेत्रीय सभापतिमा निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अरूणकुमार ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार दुई क्षेत्रमा आसपी सहमति अनुसार सर्वसम्मत भएको हो । क्षेत्र नम्बर ३ को (क) र (ख) दुवैमा सहमति जुटाउने प्रयास भइरहेकोले आज साँझसम्म सर्वसम्मत नै हुने सम्भावना रहेको ज्ञवालीले बताए ।
उता क्षेत्र नं. १ (ख), २ को (क) र (ख) तथा ४ (ख) मा सहमति जुट्न नसक्दा निर्वाचनमै जाने जिल्ला सचिव सन्तोष यादवले बताए ।


उनका अनुसार क्षेत्र १ (ख) मा बिहीवार अबेर रातिसम्म मतदान भएको थियो । यसको परिणाम आज बेलुकासम्म आउनेछ । सो क्षेत्रमा मदन यादव र ऋषि लामाबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै क्षेत्र नम्बर २ को दुवै क्षेत्रमा, क्षेत्र नं. ३ मा सहमति नजुटे भोलि र ४ (क) मा आज मतदान हुने सचिव यादवले बताए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x