मधेश

संसद् विघटनविरुध्द जसपाको मसाल जुलुस

सुभाष कर्ण |
पुस ११, २०७७ शनिबार २०:१९ बजे

जनकपुरधाम : संसद विघटनविरुध्द जनकपुरधाम सहित प्रदेश २ का जिल्लाहरूमा जनता समाजवादी पार्टीले मसाल जुलुस प्रदर्शन गरेको छ । पुर्व निर्धारित ५ दिने विरोध कार्यक्रमअन्तर्गत शनिबार प्रदेश २ का जिल्लाहरूमा जसपाले मसाल जुलुस प्रदर्शन गरेको हो ।

जनकपुरधामको जनकचोकबाट सुरु भएको मशसल जुलुस नगरका विभिन्‍न भागको परिक्रमा गर्ने क्रममा  प्रहरीले अवरोध गर्दै लाठी चार्जसमेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ‌ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुध्द प्रदर्शनकारीहरूले जुलुसका क्रममा नाराबाजी गर्दा प्रहरीले लाठी चार्ज गरेको जसपाले जनाएको छ । प्रहरीको लाठी चार्जबाट करीब २ दर्जन प्रदर्शनकारीहरू  घाइते  भएको जसपा धनुषाले जनाएको छ ।
 
मसल जुलुसमा सहभागीहरूले संसद विघटन गरि प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम चालेको बताएका छन् । जसपाका नेता कार्यकर्ताहरूले प्रधानमन्त्रीको निरकुंश प्रवृतिविरुध्द सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 
 
यता धनुषा प्रहरीले भने लाठी चार्ज नगरिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले  आन्दोलनकरी आफै भागाभाग गरेको बताए । बजार क्षेत्रमा आगोले कसैलाई क्षति नहोस भनी सुरक्षामा खटिएका प्रहरी सम्झाएको उनले बताए । सम्झाउने क्रममा भनाभन भएको भने उनले स्वीकारे । 



Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x