मधेश

केन्द्र सरकारविरुध्दकाे आन्दोलनमा प्रदेश सरकारको उपस्थिति

सुभाष कर्ण |
पुस १२, २०७७ आइतबार १८:३८ बजे

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुध्द जनता समाजवादी पार्टीको आन्दोलनमा प्रदेश २ सरकारले पनि सहभागिता जनाएको छ । प्रतिनिधि सभा विघटन भएपछि जसपाले प्रम ओली र राष्ट्रपति भण्डारीविरुध्दको आन्दोलनमा प्रदेश सरकारले पहिलो पटक आफ्नो सहभागिता जनाएको हो ।

आइतबार जनकपुरधामको जनक चोकमा आयोजित पुर्वनिर्धारित जनप्रदर्शन कार्यक्रममा प्रदेश सरकारका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसमेत उपस्थिति थिए । करिब एक सातादेखि जारी आन्दोलनमा प्रदेश सरकारका कुनैपनि प्रतिनिधि वा मन्त्रीले सहभागिता जनाएको थिएन ।


मन्त्री सोनलको अगुवाईमा आयोजित सो जनप्रदर्शनको क्रममा जनक चोकबाट निकालिएको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै मन्त्री सोनलले भने—‘प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधि सभा विघटनको घटनाले यो संविधान अपूर्ण रहेको कुरो पुिष्ट भइसकेको छ ।’

उनले प्रतिनिध सभा विघटन गरेर पूरै मुलुककै जनताको भविश्यसँग खेलवाड गर्ने प्रम ओलीको अलोकतान्त्रिक, निरकुंश कदमविरुद्ध सबै प्रजातान्त्रिक शक्ति एक भएर लड्नु आवश्यकता रहेको बताए ।

मन्त्री सोनलले पार्टीभित्रको आन्तरिक किचलोका कारण पूरै देशलाई बन्धक बनाउनु अनुचित रहेको भन्दै पार्टी विवादलाई लिएर देशमा हजारौको रगत बगाएर ल्याइएको संघियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई दाउमा लगाउनु कति उचित रहेका प्रतिप्रश्न गरे । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x