मधेश

धनुषामा ट्रक र ट्यांकर ठोक्‍किदा दुई जनाको मृत्यु

सुभाष कर्ण |
पुस १५, २०७७ बुधबार १४:६ बजे

प्रतिकात्मक तस्वीर

जनकपुरधाम : धनुषाकोे धनुषाधाम नगरपालिका–९ धारापानी मालटोलमा भारतीय नम्बरको ट्रक र ईन्धन बोक्ने टयांकर एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तरगत मालटोलमा बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयाङकरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हाे ।

दुर्घटनामा ट्यांकर चालक मोरंगको विराटनगर–४ बस्ने ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीला कुमारको मृत्यू भएको भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।टाउकोमा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने भारतीय ट्रक चालक रंगीलाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जनाएको छ ।


सो दुर्घटनामा गम्भीर घाइते भएका ट्याँङकरका सह–चालक विराटनगर ४ बस्ने धनराज यादवलाई थप उपचारका लागि विराटनर लगिएको छ भने भारतीय नम्बरको ट्रकको सह चालकको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x