मधेश

जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकासमेत सहभागी

सुभाष कर्ण |
पुस २१, २०७७ मंगलबार १५:३८ बजे

जनकपुरधाम : जनकपुरधाममा नेकपाको ओली समूहले शक्ति प्रदर्शन गरेको । मगलबार नेकपा ओली समूहले मोटरसाइकल र्यालीसहितको शक्ति प्रदर्शन गरेका हुन् । जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै नेकपाको प्रादेशिक कार्यालयमा पुगेर कोणसभामा परिणत भएको छ । 


जहाँ उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठ, रघुवीर महासेठ लगायतका नेताहरूको सम्बोधन गर्ने भएको छ । प्रदेशमा ओली समूहको वर्चश्व रहेको देखाउने उद्देश्यले नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका उपप्रधमानमन्त्री पोखरेलले सम्बोधन गर्दैछन् ।  यसअघि दाहाल नेपाल समूहले समेत सोही कार्यालयमा विभिन्न भेला तथा सभाहरु गरिसकेको छ । 

जुलुसमा बालबालिकाको प्रयोग 

नेकपा ओली समूहले आज निकालेको जुलुशमा सयौं   बालबालिकाहरूको सहभागिता रहेको पाइएको छ । जुलुशमा बालबालिकाहरूले नेकपाको झण्डा र सूर्य चुनाव चिन्ह अंकित झण्डा बोकेर नारा लगाई रहेका थिए । जुलुशमा १० वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरू सहभागी थिए । यसअघि नेकपा दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राजावादीहरूको प्रदर्शनमासमेत बालबालिकाहरूको प्रयोग हुँदै आएको थियो।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x