मधेश

मधेश प्रदेशमा ओमिक्रोनको संक्रमण बढदै, १४ सम्भावित संक्रमित

इकागज |
माघ ७, २०७८ शुक्रवार १८:२ बजे

जनकपुरधाम–मधेश प्रदेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोमनको सम्भावित संक्रमित फेला परेको छ ।
पछिल्लो पटक करिब ३ सय जना शंकास्पद बिरामीको परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले जनाएको छ ।

‘पछिल्लो पटक हामीले ओमिक्रोन भेरियन्टको मिल्दोजुल्दो लक्षण देखिएका ३ सय जना शंकास्पदको स्वाव संकलन गरेका थियौं,’ प्रयोगशालाका निमित्त प्रमुख मनमोहन मिश्रले भने, ‘तिनीहरुको एचडीसी परीक्षण गर्दा पोजेटिभ देखिएको छ, कन्फर्मेशनका लागि केन्द्रीय प्रयोगशालामा पठाएका छौं ।’
एचडीसी परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति ओमिक्रोण पोजेटिभ हुन निश्चित रहेको उनको भनाइ छ। तर केन्द्रीय प्रयोगशालाको रिपोर्ट नआएसम्म हामीले सम्भावित संक्रमितको सूचीमा राखेका उनले बताए।


मधेश प्रदेशमा केही दिनदेखि कोरोना संक्रमनको दर बढदै गएको छ । दिनहुँ सयभन्दा बढी कोरोना संक्रमित फेला परिरहेका छन् । अहिले भाइरल संक्रमणको प्रभाव पनि निकै बढी देखिएको रुघाखोकीको बिरामी पनि बढेको छ ।

बिहीबार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण दर बढेपनि सर्वसाधारणले भने हेलचक्राई गरिनै रहेका छन् । सम्बन्धित निकायले सर्तकतामा कडाई नगरेका कारण जथाभावी भीड हुने खालका कार्यक्रम दैनिक रुपमा मधेश प्रदेशका विभिन्न जिल्लामा आयोजना गरिदै आएको छ । 
 


Author

थप समाचार
x