मधेश

मधेश प्रदेशका मन्त्रालयमा अझै प्रदेश २ !

इकागज |
माघ ७, २०७८ १९:४८ बजे

काठमाडौं–प्रदेश नं. २ को नामाकरण मधेश भएको पाँच दिन भए पनि यो प्रदेशका मन्त्रालयहरूले अझै नयाँ नाम लेख्न थालेका छैनन् । मन्त्रालयहरूले आफ्नो आधिकारिक वेभसाइटमा अझै प्रदेश नं. २ नै राखेको पाइएको छ।

यो प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहितले अझै नाम सच्याएका छैनन् । कार्यालयको वेभसाइटमा अझै प्रदेश नं. २ को कायम छ । मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै अर्थ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहिकारी मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालयलगायतले अझै नाम परिवर्तन नगरेका हुन् ।


सोमबार प्रदेश २ को नाम ुमधेशु नामाकरण भएको थियो । प्रदेश सभा बैठकले प्रदेशको नाम ुमधेशु प्रदेश राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको थियो। सोही बमोजिम अब  प्रदेश २ को नाम विधिवत रुपमा मधेस प्रदेशको रुपमा नामाकरण भइसकेको छ ।
सबै नागरिकले नाम परिवर्तन भएपछि मधेश प्रदेश भन्न थालेपनि मन्त्रालयले भने अझै बेखबर झैं छ । मधेश प्रदेशकै कार्य सम्पादन गर्ने निकायले अझै नाम गरिवर्नतन नगरेको पाइएको हो ।
 



Author

थप समाचार
ad
x