मधेश

कटुवा पेस्तालसहित दुई युवक पक्राउ

इकागज |
कात्तिक १३, २०७७ बिहिवार १८:५९ बजे

जनकपुरधाम : सिरहा प्रहरीले बिहीबार कटुवा पेस्तोल सहित दुई युवकलाई पक्राउ गरेको छ । बिहान जिल्लाको कर्जन्हा नगरपालिका २ बन्दीपुर बजारबाट सवारी चेकजाँचको क्रममा एक थान कटुवा पेस्तोल, त्यसमा लाग्‍ने गोली एक थान र लागू औषध नाइट्रोभेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा स.७ प.२५५३ नम्बरको मोटरसाइकलमा सवार स्थानीय २२ वर्षीय युवक डिम्पल यादवको साथबाट हतियार र लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


प्रहरीले डिम्पललाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा घटनामा स्थानीय २२ वर्षीय प्रेमनाथ यादवको समेत संलग्‍नता रहेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

प्रहरीले यादवद्वयलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको शर्माले बताए । उनीहरूको साथबाट फेला परेका हतियार, लागू औषध र प्रयोग भएका गाडीसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।   


Author

थप समाचार
x