मधेश

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

सुभाष कर्ण |
कात्तिक १५, २०७७ शनिबार १६:५० बजे

जनकपुरधाम : महोत्तरीमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ । शनिबार विद्युत लाइन मर्मत गर्न पोलमा चढेको बेला करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बर्दिवासका कर्मचारी ४५ वर्षे गौरी पण्डितको मृत्यु भएको हो ।

करिब १० वर्षदेखि विद्युत प्राद्यिकरणमा कार्यरत पण्डित गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा ज्यालादारीमा कार्यरत कर्मचारी थिए । बर्दिबास नगरपालिका १ मा विद्युत लान मर्मत गर्न पोलमा चढेको बेला करेन्ट लागेर घाइते भएपछि उपचारका लागि उनलाई बर्दिवास जनसेवा अस्पताल पठाइएको थियो ।


त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थ केयर हस्पिटलमा उनको मृत्यु भएको गौशाला वितरण केन्द्रले जनाएको छ । 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x