मधेश

समाजिक सुरक्षा भत्ता माग्दै औरही गाउँपालिकामा तालाबन्दी

सुभाष कर्ण |
फागुन २३, २०७७ आइतवार १९:३६ बजे

जनकपुरधाम : गत ८ महिनादेखिको बाँकी समाजिक सुरक्षा भत्ता माग गर्दै ज्येष्ठ नागरिकहरूले धनुषाको औरही गाउँपालिकामा तालाबन्दी गरेका छन् । गाउँपालिकाको विभिन्‍न वडाबाट आएका ज्येष्ठ नागरिकहरूले आइतबार गाउँपालिकामा ताला लगाएका हुन् । 

आफुहरूले साउन महिनादेखि हालसम्म सामाजिक सुरक्षा भत्ता नपाएकोले बाध्य भई तालाबन्दी गरेको जेष्ठ नागरिक राजेन्द्र मेहताले बताए ।
भत्ता लिन पटक-पटक गाउँपालिका धाएपनि अध्यक्ष तथा कर्मचारीले खाता संचालन समस्या रहेको भन्दै फिर्ता पठाउने गरेकोले गाउँपालिका  कार्यालयमा तालाबन्दी गर्नु परेको अर्का ज्येष्ठ नागरिक जयकृष्ण साहले बताए । 


गाउँपालिकामा करिब डेढ सय ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा बक्यौता छ । 

यता गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादवले कर्मचारी समस्याले ज्येष्ठ नागरिकको भत्ता मात्रै नभक्इ दशै यतादेखि सम्पुर्ण आर्थिक कारोबार ठप्प रहेको बताए । भदौ महिना यता स्थायी रूपमा प्रशाकीय अधिकृत बस्‍न नसक्दा बैक खाता खोल्न नसकिएको उनले बताए । अहिलेपनि गाउँपालिका अधिकृतविहिन छ । 
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x