मधेश

हत्या आरोपी ३ जना पुर्पक्षका लागि थुनामा

सुभाष कर्ण |
कात्तिक २०, २०७७ बिहीबार १९:३१ बजे

रौटहट : जिल्ला अदालत रौतहटले हत्या आरोप लागेका ३ जनालाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।  गत असोज १६ गते किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना र पुजारीको हत्यामा संलग्‍न रहेको आरोपमा २ जनालाई पुर्पक्षका लागि  थुनामा पठाइएको हो ।

किशोरीको बलात्कार पछि हत्या गरेको आरोप लागेका वृन्दावन नगरपालिका-४ पलटुवा निवासी ४५ वर्षीय चुनु साह तेली र पुजारीको  हत्या गरेको आरोप लागेका देवाही गोनाही-१ करुनियाका रामनरेश पटेल र जयनारायण राउत पटेललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


गढीमाई नगरपालिका १ की १४ वर्षिय किशोरीको असोज १६ गते शव फेला परेको थियो । रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भारत श्रेष्ठले पक्राउ परेका तेलीले उनको बलात्कार गरि घटना लुकाउन हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

त्यसैगरी, रौतहटकै माधवनारायण नगरपालिका २ खैस्रैया चोकस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गत भदौ ३ गते सामान्य विवादका कारण गोली हानी हत्या गरिएको थियो । प्रहरी प्रवक्ता श्रेष्ठले  समान्य विवादमा आरोपित दुवै जनाले मदिरा सेवन गरेर पुजारी साहलाई कन्चटमा गोली हानी हत्या गरेको खुल्न आएको बताए ।    


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x