मधेश

भत्ता मांग्दै भङ्गहा नगरपालिकामा धर्ना

इकागज |
बैशाख ८, २०७९ बिहीबार २१:५८ बजे

जनकपुरधाम - सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले बैंकमा तालाबन्दी गरेको २४ घण्टा नबित्दै जेष्ठ नागरिकहरु समाजिक सुरक्षा भत्ता माग्दैै नगरपालिकाको कार्यालयमा धर्नामा बसेका छन ।

करिव ४÷५ महिनादेखि वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकहरूले सीतापुर बजारस्थित नगरपालिकाको कार्यालयमा धर्नामा बसेका हुन् ।


सामाजिक सुरक्षा भत्ता अपचलनको प्रमुख जिम्मेवार नगरप्रमुख संजीव कुमार साह रहेको भन्दै भङ्गहा नगरपालिका–९ भिमगढका ज्येष्ठ नागरिक सूर्यमान विश्वकर्माले आरोप लगाए ।

तीन÷चार किस्तादेखि आफूहरूले भत्ता पाउन नसकेको दुःखेसो पोख्दै उनले भने, `नगरप्रमुख साहले सामाजिक सुरक्षा भत्ता वितरण गर्न कुनै चासो देखाएनन् ।`

यसअघि बुधबार मात्रै नगरप्रमुख साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकको शाखा कार्यालयमा ताला लगाएका थिए ।

उनले बैंकलाई पटक पटक भत्ता बाँड्न आग्रह गरेपनि कुनै सुनुवाई नगर्दा आफूले  ताला लगाएको बताएका थिए ।विश्वकर्मा


Author

थप समाचार
x