मधेश

सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानलै विजय

इकागज |
जेठ १, २०७९ आइतवार १०:२३ बजे

सप्तरी- सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छ्न । पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् ।

पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायण खड्काले ४ सय ३५ मत मात्र प्राप्त गरे । 


पछिल्लो वडा नम्बर २ को ९ सय मत गणना गर्दा  मेयरमा कांग्रेसका कृष्ण प्रसाद ढकालले १२ सय ७१, एमालेका उत्तमकुमार शर्माले ७ सय ९८ ल्याएका छन् । उमेयरमा कांग्रेसकी रिताकुमारि चौधरी १ हजार ६५  र एमालेकी संगिता चौधरीले  ८ सय ११ मत प्राप्त गरेकी छिन।


Author

थप समाचार
x