मधेश

धनुषामा जसपाले खोल्यो खाता, जनकनन्दनीको अध्यक्षमा यादव विजयी

इकागज |
जेठ ३, २०७९ मगलवार ८:२० बजे

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा)ले धनुषामा एक पालिका जितेको छ । जिल्लाका अन्य पालिकाहरूको मतगणना भइरहेको बेला जसपाले जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पद जितेको हो ।

जसपाबाट जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दिपेन यादव विजयी भएका हुन् । यादव तीन हजार एक सय ५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेशकुमार चौधरीले दुई हजार ७ सय ७८ मत ल्याएको निर्वाचन अधिकृत ठुलोबाबु दाहालले जानकारी दिए ।



Author

थप समाचार
x