बागमती

भरतपुरमा रेनुले झन्‌झन्‌ बढाउँदै मतान्तर, यस्तो आयो पछिल्लो अपडेट

इकागज |
जेठ ४, २०७९ बुधबार ८:५३ बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ९ हजार ५ सय ४२ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु १ हजार ४ सय ५५ मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले ४ हजार १५ मत ल्याएका हुन् ।


नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ३ सय ८२ र राप्रपाकी हिमला गुरुङले ६ हजार ५ सय ९३ मत ल्याएकी छिन् ।


Author

थप समाचार
x