बागमती

भरतपुरमा रेनु-विजय मतान्तर १५८९

इकागज |
जेठ ४, २०७९ बुधबार ९:४० बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ९७५८ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु १ हजार ४ सय ५५ मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ८१६९ मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले ४४१६ मत ल्याएका हुन् ।


नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ११६८५ र राप्रपाकी हिमला गुरुङले ६६७४ मत ल्याएकी छिन् । हाल भरतपुरमा २६९५९ मत गणना सकिएको छ । अहिले भरतपुर-६ को गणना भइरहेको छ ।


Author

थप समाचार
x