बागमती

भरतपुरमा २८६४३ मत गणना सकियो : कसले कति मत पाए ?

इकागज |
जेठ ४, २०७९ बुधबार १४:२० बजे

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्तारु गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् । 

२८६४३ मतगणना हुँदा रेनुले १०४४९ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ८५९७ मत पाएका छन् । पछिल्लो परिणाम अनुसार रेनु र विजयको मतान्तर १८५२ छ । 


सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४६९६ मत पाएका छन् । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १२४९६ मतसहित अग्रता कायमै राखेका छन् । एमालेकी हिमला गुरुङले ६९९२ मत पाएकी छन् । 


Author

थप समाचार
x