बागमती

बागमती प्रदेशको मन्त्रालयमा बजेटको तयारी हुँदै, बजेट सिलिङ घट्याे

इकागज |
जेठ ११, २०७९ बुधबार १५:५२ बजे

 

मकवानपुर । आगामी आर्थिक वर्षको लागि संघीय सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महत्वकांक्षी योजानाहरु देखाएर संघीय सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बागमती प्रदेश सरकार पनि बजेट निर्माणमा जुटेको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्नका लागि धमाधम काम भइरहेको जनाएको छ । प्रदेशका सबै मन्त्रालयमा अहिले विभिन्न शाखाका कर्मचारी, महाशाखाका प्रमुखहरु, सचिवहरु र मन्त्रीहरुलाई अहिले बजेटको चटारोले भ्याइनभ्याइ भएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक मन्त्रालयलाई बजेटको सिलिङ तोकेको छ । त्यही सिलिङमा रहेर बजेट निर्माण गर्ने काम भइरहेको कर्मचारीको भनाइ छ ।

आर्थिक मन्दीको कारण देखाउँदै मन्त्रालयहरुले यसअघि पाइरहेको बजेटको सिलिङ भन्दा आउँदो आर्थिक वर्षका लागि तोकिएको बजेटको सिलिङ घटेको छ ।

पहिले सात वटा मात्र मन्त्रालयहरु रहेको र अहिले दोब्बर थपिएका करण पनि पहिलेका वर्षहरुमा पाउँदै आएको बजेटको सिलिङ घटेर आएको हो ।

बजेट निर्माणका लागि हरेक क्षेत्रमा संघसंस्था र सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेले बताए ।

“सबैको सुझावका आधारमा बजेट निर्माण गर्नेगरी दिनहुँजसो छलफल गरिरहेका छौ” पाण्डेले भने । आर्थिक मामिला मन्त्रालयले मन्त्रालयको खर्चहुने क्षमताका आधारमा बजेटको सिलिङ तोकेको छ । त्यही अनुसार मन्त्रालय र मातहतका कार्यालयहरुले बजेट निर्माण गर्ने कामहरु गर्दै आएका छन् ।

संघीय सरकारले जस्तै प्रदेश सरकारले पनि बजेट अघि प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले यसको काम पनि रफ्तारमा भैरहेको प्रदेश सरकारले जनाएका छ ।



Author

थप समाचार
x