बागमती

हेटाैंडाकाे कार्यपालिका सदस्यमा ८ जना निर्वाचित

इकागज |
जेठ १५, २०७९ आइतबार १९:१८ बजे

फाइल तस्बिर

मकवानपुर- हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन् । निर्वाचित सबै नेकपा एमालेका हुन । आज सम्पन्न मतदानबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचित नगरसभा सदस्य ९७ जनाबाट ५ जना महिला र दलित तथा अल्पसंख्यक बाट ३ जना निर्वाचित गरि नगर कार्यपालिकालाई पुर्णता दिने कानुनी ब्यबस्था छ । हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ बाट नेकपा एमालेको ५१ जना र गठबन्धन दल बाट ४६ जना सदस्य निर्वाचित भएका थिए ।


हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको महिला सदस्य एमालेबाट निर्वाचित ५ जनामा इश्वरी विश्वकर्मा(१) पातलीमाया गोङवा(१५), मञ्जु भुर्तेल(८), रुकमणी गोङवा (१२)र साधना श्रेष्ठ (१०) रहेका छन् । निर्वाचित ५ जनाले ५०/५० मत प्राप्त गरेका हुन् । त्यसैगरी नगर कार्यपालिकाको लागि दलित वा अल्पसङ्ख्यकतर्फ ६ उम्मेदवार मध्ये ३ जना एमालेकै उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा अर्जुनबहादुर राई, बीरबहादुर विश्वकर्मा र शंकर राई रहेका छन् । निर्वाचित सबैले क्रमश ५०/५० मत प्राप्त गरेका हुन् ।


Author

थप समाचार
x