बागमती

काठमाडौँका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण (फोटो फिचरसहित)

अतिन आचार्य |
जेठ १६, २०७९ सोमवार १२:२५ बजे

काठमाडौँ - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलको शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा केही बेरअघि मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले प्रमुख बालेन्द्र साह (बालेन)लाई शपथग्रहण गराएका हुन् ।

मेयर साहले सुरुमा नेपाली भाषामा शपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा शपथ लिएका थिए । 


मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । उपमेयर सुनिता डंगोलले भने नेपाल भाषामै शपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा शपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा शपथ लिएकी हुन् । 

प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x