बागमती

रसुवा जिससमा एमालेका उम्मेदवार निर्वाचित

इकागज |
जेठ २९, २०७९ आइतबार ६:२३ बजे

रसुवा- स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार अशोककुमार घिमिरे तथा उपप्रमुखमा एमालेकै उमेदवार विजय लामा विजय भएका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामीछिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली कांग्रेसका उम्मेदवार तारकोत लामा, सविता गुरूङ, खीलबहादुर न्यौपाने र पार्वती विक सदस्यमा निर्वाचित भएका छन् ।

पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारको मतपरिमाण बराबर आएकाले गोला प्रथाबाट अन्तिम परिमाण घोषणा गरिएको बताइएको छ । स्थानीय तहका सबै पदको निर्वाचन कार्य आजदेखि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए । 



Author

थप समाचार
x