बागमती

एमालेको विरोधपछि हेटौंडाको नगरसभा स्थगित

इकागज |
असार १०, २०७९ शुक्रवार १४:४२ बजे

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरे पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेको विरोधका कारण स्थगित भएको छ । 

बिहान १० बजेका लागि लाइएको नगर सभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले आफ्नो अडान नछाडेका कारण सभा स्थगित गरिएको हो । 


गाउँ नगर जिल्ला सभा सञ्‍चालन ऐन २०७५ को दफा ५ को उपदफा २ बमोजिम गणपूरक संख्या नपुगेकाले नगर सभा आगामी १२ गते दिउँसो १ बजे बस्‍ने गरी बेलाइएको हो । 

एमाले सदस्यहरूले बैठक सञ्‍चालन कार्यविधि संशाेधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरूले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका हुन् । 

उपमहानगरपालिकामा विजयी एमालेका ५४ जना नगर सभा सदस्यहरुसहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्‍चालन सम्बन्धी बैठक कार्यविधि संशाेधनको माग गर्दै आएको छ । 

नगर सभाबारे एमालेले केहीबेरमा पत्रकार सम्मेलन गरी पार्टीको धारण स्पस्ट पार्ने जनाएको छ ।


Author

थप समाचार
x