बागमती

थाहा नगरले ल्यायो १ अर्ब बजेट

इकागज |
असार १०, २०७९ शुक्रबार १७:३८ बजे

मकवानपुर । कार्यपालिका सदस्यहरुबीच सहमति जुट्न नसक्दा हेटौंडा उपमहानगरपालिकाको नगर सभा स्थगित भए पनि जिल्लाको अन्य ९ वटा स्थानीय तहहरुले भने बजेट प्रस्ताव गरेका छन् ।

मकवानपुर जिल्लाको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ८ करोडको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित गर्दै थाहा नगरले १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । शुक्रबार नगरसभाको ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतरुपमा पारित समेत भइसकेको छ ।


थाहाले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालुतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक कर तथा राजस्वबाट १९ करोड ७१ लख ५ हजार, राजस्वबाट बाँडफाँडबाट १९ करोड ६८ लाख ८० हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख प्राप्त हुने अनुमान गरेको छ । अन्य ८ गाउँपालिकाहरुको बजेटबारे जानकारी प्राप्त हुने क्रम जारी छ ।


Author

थप समाचार
x