बागमती

बजेटमाथि छलफलै नगरी प्रदेश सभा स्थगित

इकागज |
असार १२, २०७९ आइतबार १७:५८ बजे

मकवानपुर- बागमती प्रदेशको प्रदेश सभा बजेटबाट छलफल नै नगरी स्थगित गरिएको छ ।

नेकपा एमालेको अवरोधका कारण बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित गरिएको हो । आगामी आर्थिक वर्षको प्रस्तावित बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले संसदमा अवरोध गरेका थिए ।


संसद् सुचारू भएपछि समय मागेर बोल्दै एमालेका प्रमुख सचेतक दिपक निरौलाले बजेट सत्तापक्ष केन्द्र भएको र मुख्यमन्त्रीले गरेको राजनीतिक सहमति विपरीत बजेट आएको बताएका थिए ।

बजेटमा सिमेन्ट उद्योगमाथिको कर हटाउने प्रस्ताव गरिएको प्रति एमालेले आपत्ति जनाएको छ । यो प्रस्ताव हटाउन माग राखेको एमालेले राजनीतिक सहमति आवश्यक भएकाले संसद् अघि बढाउन नसकिने बताइएको छ ।

निरौलाले बोले लगत्तै एमाले सांसदहरू उठेर संसदमा अवरोध गरेका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक सोमबार विहान ११ बजे बस्‍ने गरी स्थगित गरेका हुन् ।


Author

थप समाचार
x