बागमती

बजेट अस्वीकार गर्दै किताब फिर्ता

इकागज |
असार १२, २०७९ १९:४५ बजे

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट नेकपा (एमाले) ले अस्वीकार गर्दै बजेट पुस्तक फिर्ता गरेको छ ।

नेकपा (एमाले) को संसदीय दलको नेता तथा पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख सचेतक दीपक निरौला लगायतका प्रदेश सभा सदस्यहरुको टोलीले आज मुख्यमन्त्री राजेन्द्रराज पाण्डेलाई बजेट किताब फिर्ता गरेका हुन् ।


बजेट पुस्तकमा भएका गलत मनसाय प्रेरित कर छुटको व्यवस्था, नीतिगत भ्रष्टाचार हुने योजना, असमानतालगायतका कुराहरु नसच्चाएसम्म स्वीकार गर्न नसकिने भन्दै बजेट पुस्तक फिर्ता गरिएको सचेतक निरौलाले बताए ।

सरकारले प्रस्तुत गरेको बजेटमा वितरणमा असमानता, गलत मनसाय सहितको कर छुट, सत्ता गठबन्धनले जितेका स्थानीय तह तथा वडामा मात्र बजेट विनियोजनलाई प्राथमिकता दिएको बजेट अघि प्रति पक्ष दलसँग गरेको समझदारीको पूर्ण वेवास्ता गरेकोले बजेट पुस्तक फिर्ता गरिएको निरौलाले जानकारी दिए ।



Author

थप समाचार
ad
x