बागमती

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

इकागज |
असार १६, २०७९ बिहीबार १०:४३ बजे

काठमाडौँ- काठमाडौँको बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ का अन्दाजी ३९ वर्षीय सन्जिव कार्की रहेका छन् । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो । 


बा ६ च ४८११ नम्बरको टाटा डि. आई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे बालाजु स्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी सडकमा ठोक्किएका थिए । 

दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x