बागमती

पाँच वटा सवारी साधन एक आपसमा ठोक्कियो, विद्यार्थीसहित दर्जन बढी घाइते (तस्बिरहरू)

इकागज |
साउन २३, २०७९ सोमबार ११:९ बजे

मकवानपुर- मकवानपुरको हेटौँडामा पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडामा रिलायन्स इङ्लिस बोर्डिङ स्कुल बससहित पाँच सवारी एक आपसमा ठोक्किँदा दर्जन बढी घाइते भएका छन् । 

बिहान साढे नौ बजेको समयमा हेटौँडा-१५ को रातोमाटे वन नर्सरी नजिक एक स्कुल बस, दुई ट्याङ्‌कर, एक तेलको ट्याङ्‌कर र एक कार ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले इकागजलाई बताए । 


उनका अनुसार पाँच वटा सवारी ठोक्किँदा १५ जना सामान्य घाइते भएका छन् । मानविय क्षति भएको छैन् । सबैलाई हेटौँडा अस्पताल ल्याइएको छ । 

घाइतेको एक्स रे गर्न बाँकी रहेकाले अवस्था यकिन नभएको प्रहरीले जनाएको छ । रिलायन बसका चालक ६७ वर्षीय श्यामबहादुर स्याङ्तानको भने टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेमा चालक र विद्यार्थीहरू रहेका छन् । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।


Author

थप समाचार
x