बागमती

काँडाघारी प्रहरी कार्यालय डुबानमा, १५ स्थानीयको उद्धार

इकागज |
साउन २५, २०७९ बुधबार ८:८ बजे

काठमाडौँ- वर्षाले काँडाघारी प्रहरी प्रभाग भवनको भुइँ तला डुबेको छ । गएरातिको वर्षाले आएको बाढी प्रहरी कार्यालयको तीनवटा मोटरसाइकल पनि बगाएको छ ।

त्यस्तै मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाएको छ भने सञ्‍चार र इन्टरनेट पनि प्रभावित भएको छ ।


प्रहरीका अनुसार हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका १५ जनाको उद्धार गरिएको र अन्यको उद्धार जारी रहेको छ । त्यस्तै सुकुम्बासी टोलका २ वटा टहरा पनि बाढीले बगाएको छ ।


Author

थप समाचार
x