बागमती

चितवनको जुगेडीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

इकागज |
साउन २६, २०७९ बिहीबार १०:४९ बजे

सांकेतिक तस्बिर

चितवन- चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा अन्दाजी २४ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । 


भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । 

ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x