बागमती

बाग्मती प्रदेश : तीन विधेयक प्रमाणीकरण

इकागज |
साउन ३०, २०७९ सोमबार २०:८ बजे

फाइल तस्बिर

मकवानपुर- बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बाग्मती प्रदेश सभाबाट हालै पारित भई आएको तीनवटा विभिन्न विधेयक आज प्रमाणीकरण गरेका छन् ।

उनले प्रमाणीकरण गरेको विधेयकहरूमध्ये केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ रहेका छन् ।


यसैगरी प्रदेश अनुसन्धान ब्यूरो, सेवा गठन स्थापना तथा कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ लाई पनि उनले प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


Author

थप समाचार
x