बागमती

भरतपुर महानगरमा २१ लाख बढीको साइकल खरिदमा अनियमितता !

इकागज |
साउन ३१, २०७९ मगलवार १४:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- भरतपुर महानगरपालिकाले विद्यार्थीलाई दिने साइकलको कम्पनी छनोट गरी बोलपत्र आव्हान गरेको महालेखा परीक्षणको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा १३ मा बोलपत्र सम्बन्धी कागज तयार गरी बोलपत्रको माध्यमद्वारा खरिद गर्ने व्यवस्था छ ।

साइकल खरिद गर्दा निश्चित कम्पनीको नाम र ब्राण्ड राखेर खरिद गरेकाले पर्याप्त प्रतिष्पर्धा हुन नसकेको महालेखा परीक्षणको ५९ औ वार्षिक प्रतिवेदनले उल्लेख गरेको छ ।


प्रतिवेदनका अनुसार साइकलको स्पेसिफिकेसन बनाउँदा इण्डियन लेडिज साइकल अफ्रो कम्पनी वा सो सरह उल्लेख छ ।

पारदर्शी ढंगले विद्यार्थीको छनोट नगरी वितरण गरेको प्रतिवेदनले औंल्याएको छ । महानगरले विपन्न वर्गका परिवारका सन्तानलाई वितरण गर्न ३३३ थान साइकल खरिद गरेको थियो ।

महानगरले उक्त साइकल २१ लाख ३० हजार रुपैयाँमा एक साइकल स्टोर्ससँग खरिद गरेको थियो ।


Author

थप समाचार
x