बागमती

बालेनको प्रचण्डलाई प्रश्न - श्रीमान प्रचण्डज्यू  कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ?

इकागज |
साउन ३१, २०७९ मंगलबार २०:४७ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कसरी देश बनाउनुहुन्छ भन्दै प्रश्न गरेका छन् । उपत्यकाको फोहर लैजान प्रयोग गरिने ककनीको बाटो विगत आठ वर्षदेखि अलपत्र छाडेका मान्छेकै घरमा प्रचण्ड बस्ने भएकाले उनले यस्तो प्रश्न गरेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, `श्रीमान प्रचण्डज्यु!उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।` 


ककनीको बाटोको ठेक्का प्रचण्डका घरबेटी भनेर चिनिने शारदा प्रसाद अधिकारीले लिएका थिए । उक्त बाटो अझैसम्म पनि बन्न सकेको छैन् । 


Author

थप समाचार
x