बागमती

भैंसेबाट बरामद गरिएकाे १ सय ७० केजी माछा नष्ट

इकागज |
असोज ८, २०७९ शनिवार २१:१६ बजे

मकवानपुर- मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंबर २ भैंसेबाट बरामद गरिएकाे मांगुर माछा नष्ट गरिएकाे छ । अस्थाई प्रहरी पोष्ट भैंसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बरामद भएको नेपालमा प्रतिबन्धित मांगुर माछा ५० केजी र खानका लागि अयोग्य अन्य माछा १ सय २० केजी नष्ट गरिएको हो ।

वीरगन्जबाट भन्सार छलेर ल्याइएको माछा मकवानपुर प्रहरी र चितवन माछा व्यवसायी संघको संयुक्त टोलीले असोज ७ गते शुक्रबार राती ११ बजे बरामद गरेकाे थियाे । नेपाल र भारतको माछा मिसावट गरी खानका लागि अयोग्य र प्रतिबन्धित माछा काठमाडौं लैजाने क्रममा भैंसेबाट बरामद गरिएको थियो । बरामद गरेको १ सय ७० किलो माछा भैंसेमा खाल्डो खनी नष्ट गरिएको हाे ।


भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख बज्र किशोर ठाकुर, नेपाल मत्स्य व्यवसायी संघका महासचिव जोगेन्द्र महतो, वरिष्ठ उपाध्यक्ष अर्जुन लामिछाने, स्थानीय सरोज चौलागाई, प्रहरीसमेतकाे उपस्थितिमा बरामद गरिएकाे उक्त परिणामकाे माछा नष्ट गरिएको थियो ।


Author

थप समाचार
x