बागमती

उपमेयर कपको उपाधि हेटौंडा १७ लाई

इकागज |
असोज ९, २०७९ आइतबार २१:४८ बजे

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भएको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि १७ नम्बर वडाले जितेको छ । 

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा आइतबार भएको खेलमा हुप्रचौरमा ५ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो । 


पहिलो सेट २४–२६ ले गुमाएको १७ नम्बर वडाले पछिल्लो तीन सेट २५–१३, २५–९ र २५–१५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपैयाँ जितेको छ भने ५ नम्बर वडाले २५ हजार रुपैयाँ पाउने भएको छ । पुरुषतर्फको फाइनल खेल भने अनिर्णित बनेको छ । 

१७ नम्बर वडा र १९ नम्बर वडाबीच भएको फाइनल खेलमा अँध्यारो भएपछि अनिर्णित बनेको हो । ४ सेटको खेल सकिँदा २–२ को बराबरी भएपछि फाइनल खेल अनिर्णित बनेको हो । 

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको १९ नम्बर वडाले दोस्रो र तेस्रो सेट १९–२५ र १७–२५ ले गुमाएको थियो । चौथो सेट १९ नम्बर वडाले २५–२१ ले आफ्नो पक्षमा परेपछि खेल बराबरीमा सकिएको हो । 

पुरुषतर्फको फाइनल खेल सोमबार बिहान ८ बजेबाट खेलाइने उपमेयर कप भलिबल प्रतियोगिताका संयोजक राजु घलेले जानकारी दिए । उपमेयर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ १२ टिम र महिलातर्फ १० टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।


Author

थप समाचार
x