बागमती

यात्रुबाहक बसहरुमा हतियारसहितको प्रहरी गस्ती

इकागज |
असोज १४, २०७९ शुक्रबार १२:४२ बजे

मकवानपुर । चाडपर्वको बेलामा हुन सक्ने घटनालाई रोक्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले यात्रुबाहक बसमा हतियार सहितको प्रहरी गस्ती सुरु गरेको छ ।

पर्व लक्षित बिशेष सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले मकवानपुर हेटौंडा १० बसपार्कबाट पुर्व पश्चिम रुटमा चल्ने यात्रुबाहक बसहरु हतियार सहितको गस्ती सुरु गरेको हो ।

प्रहरीले दिवा सेवाको बस जाँच गर्नुका साथै रात्री बसमा हुन सक्ने लुटपाट तथा डकैतलाई मध्ये नजर गरी गस्ती सुरु गरेको हो । रात्रिकालीन बसहरुमा हेटौंडाको चुरेमाईदेखि मनहरीको लोथरसम्म हतियार सहित प्रहरी टोलीले गस्ती गर्ने छ ।

लागूऔषध प्रयो​ग गरेका चालकहरु नियन्त्रणमा

मकवानपुर प्रहरीले लागूऔषध तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना चालक नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले हेटौंडा १ तिरतिरे धारास्थित सडक खण्डमा हेटौडा भिमफेदी काठमाण्डौ रुटमा चल्ने बिभिन्न साना तथा ठुला सवारी साधनहरुलाई रोकी चालकहरलाई आकष्मिक जाँच गरेको थियो ।



Author

थप समाचार
x