बागमती

कोभिड-१९का कारण बन्द भएका हेटौंडा औद्योगिक क्षेत्रका १११ उद्योग सञ्‍चालनमा

इकागज |
असोज २८, २०७७ बुधवार १६:१८ बजे

हेटौंडाः कोभिड-१९ महामारी रोक्न भन्दै सरकारले लगाएको लकडाउनमा बन्द भएका हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्‍चालनमा आएका छन् । औद्योगिक क्षेत्र भित्र रहेका रहेका १११ उद्योग सञ्‍चालनमा आएको हेटौंडा आएका हुन् । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले लकडाउनमा अत्यावश्यक बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थ बनाउने उध्योगबाहेकका  बन्द भएका थिए । अहिले ती उद्योग केही मात्रामा सञ्चालन भएका छन् । पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै समय लाग्ने लिमिटेडले जनाएको छ ।


अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा आएका छन् ।  

औद्योगिक क्षेत्रका उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १० हजार ५ सय जनाले रोजगारी पाएका हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

विसं २०२० मङ्सिर २० गते स्थापना भएको औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब एक हजार ८ सय ८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको झन्डै पाँच अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी ९० करोड रहेको कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइ  विदेशी मुद्रा आर्जन गर्ने गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । 


Author

थप समाचार
x