बागमती

हातहतियार बुझाउन सिडिओको निर्देशन

इकागज |
असोज १५, २०७९ शनिबार २०:५६ बजे

भक्तपुर- जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरू बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले जरुरी सूचना जारी गरी यस्तो निर्देशन जारी गरेको हो । 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भक्तपुर जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरू उक्त निर्वाचन पश्चात फिर्ता लैजान गरी बुझाउन सूचनामा भनिएको छ ।


असोज मसान्तसम्म नजिकको प्रहरी इकाइमा बुझाउन निर्देशन जारी गरेको गरिएको हो । अटेर गरी समयमा नबुझाउनेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । 

भक्तपुरमा क्षेत्र नं १ र २ गरी दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरू रहेका छन् । 


Author

थप समाचार
x