बागमती

एमाले मकवानपुरले सार्वजनिक गर्‍यो उम्मेदवारको अन्तिम टुङ्गो

इकागज |
असोज २१, २०७९ शुक्रवार १८:३३ बजे

मकवानपुर - नेपाल कम्युनिस्ट पार्टी एमाले मकवानपुरले आगामी  मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । राप्रपा नेपालसँग गठबन्धन गरेर सूर्य चिन्हमा कमल थापाको उम्मेदवारी पक्का भएको बहस चल्दै गर्दा एमाले मकवानपुर आधिकारिक नाम सार्वजनिक गरेको हो ।

एमाले मकवानपुरका अनुसार मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ मा रामेश्वर राना तथा क्षेत्र नंबर २ मा महेश बर्तौलाले टिकट पाएका छन् । प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तरगत प्रदेश ‘क’ मा कमल विष्ट तथा ‘ख’ मा एकलाल श्रेष्ठले टिकट पाएका छन् ।   यता क्षेत्र नंबर २ को ‘क’ मा विष्णु ढकाल तथा ‘ख’मा लालबहादुर थापाले टिकट पाएका छन् ।  एमालेबाट टिकटको फाईनल लिष्ट आएको बताउँदै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पार्टी अब चुनावी अभियानमा लाग्ने बताए ।


बडा दशै मनाउँदै गर्दै पार्टीले उम्मेदवारको अन्तिम टुङ्गो लगाएको हो । यसैबीच पर्व मनाउने सन्दर्भमा गाउँघर पुगेका नेताहरूले मतदाता घरभेट कार्यक्रमलाई तिव्रता दिएका छन् ।  दशै सकिना साथ २३ असोज अर्थात् कोजाग्रत पूर्णिमा कै दिन उम्मेदवारी दर्ता भएकोले पनि नेताहरू चुनावको चटारोले छोएको छ ।


Author

थप समाचार
x