बागमती

एमाले पार्टी कार्यालय मकवानपुरमा लगाइएको ताला प्रहरीले तोड्यो

इकागज |
असोज २३, २०७९ आइतबार १८:४८ बजे

मकवानपुर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालसंगको गठबन्धन गरेको प्रती असन्तुष्ट पक्षले नेकपा एमाले जिल्ला पार्टी कार्यालय मकवानपुरमा लगाएको ताला प्रहरीले तोडेको छ ।

मकवानपुरको क्षेत्र न १ मा रामेश्वर रानालाई उम्मेदवार घोषणा गरीएको केही समयमै उनको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उमेदवार बनाएको प्रति असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका थिए ।

आपसी सहमति हुन नसेपछि प्रहरी लगाएर ताला ३ घण्टा प्रहरी प्रहरीले तोडेको थियो । समर्थकहरुलाई सान्वना दिन नेता रामेश्वर रानालाई पार्टी कार्यालय बोलाइए पनि उनी उपस्थित भएनन् । पार्टी अध्यक्ष एकालाल श्रेष्ठले रानालाई बोलाउँदा रानाले श्रेष्ठलाई “म सक्दिन तपाई आफैं सम्हाल्नुस्” भन्ने उत्तर दिएका थिए । पार्टी जिल्ला इञ्चार्ज समेत रहेका राना मनोनयन दर्ताको क्रममा समेत देखापरेनन् ।

जिल्ला अध्यक्ष श्रेष्ठ आफैं पनि प्रदेश सभातर्फका उम्मेदवार भएको कारण आफूले कार्यकर्तासँग बल गर्न नसकेपछि प्रहरी लगाउनु परेको थियो ।



Author

थप समाचार
x