बागमती

नारावाजीपछि मतगणनास्थलमा प्रवेश गरेको सवारी साधन बाहिर निकालियो

इकागज |
मंसिर ६, २०७९ मंगलबार ०:१९ बजे

मकवानपुर- मकवानपुरको मतगणना स्थलमा प्रवेश गरेको सवारी साधन बाहिर निकालिएको छ । अन्य उम्मेदवारको मोवाइलसमेत लैजान नदिएको प्रहरीले मतगणनास्थलमा इन्द्रबहादुर बानियाँको गाडीलाई प्रवेश गर्न दिएपछि हेटौँडाको सिद्धार्थ माविस्थल परिसरमा केहिबेर तनाव सृजना भएको थियो ।

अरु उम्मेदवार तथा पत्रकारहरूलाई समेत मतगणनास्थलको चौरमा सवारी पार्किङ गर्न नदिएको प्रहरीले बानियाँको सवारीलाई सरासर प्रवेश अनुमति दिएपछि मतगणना सुन्न आएकाहरूले चर्को नारावाजी गरेका थिए । नारावाजी पछि प्रहरीले सवारीलाई निकालिएको हो ।


सुरक्षालाई ध्यान दिँदै अब यस्ता घटना नदोहोरिन प्रशासनले चनाखो बन्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताए ।


Author

थप समाचार
x