बागमती

बागमती प्रदेशमा मानव अधिकार उल्लंघनका ३३ उजुरी

मकवानपुरसहित ४ जिल्लाका उजुरी शून्य

इकागज |
मंसिर १५, २०७९ बिहिवार २१:५६ बजे

मकवानपुर- बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उल्लंघनका ३३ वटा उजुरी परेको छ । साेही अवधिमा देशभरमा १ सय १ वटा उजुरी परेकाेमा बागमती प्रदेशमा ३३ वटा उजुरी दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशले जनाएकाे छ ।

प्रदेश कार्यालय हेटौंडाले बिहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि गत आर्थिक वर्ष २०७८/०७९ को मानव अधिकारको अवस्थाबारेको रिपाेर्ट सार्वजनिक गर्दै १३ जिल्लाको अवस्थाबारे जानकारी दिइएको थियो । प्रदेशको १३ जिल्ला मध्ये मानव अधिकार उल्लंघनका सबैभन्दा बढी काठमाडौं जिल्लाकाे उजुरी परेको राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए ।


प्रदेशकाे मकवानपुरसहित रसुवा, सिन्धुली र भक्तपुर जिल्लाबाट भने कुनै पनि उजुरी नपरेको अधिकारीले जानकारी दिए । काठमाडौं जिल्लाबाट ८ वटा उजुरी दर्ता हुँदा ललितपुरको ७ वटा, चितवनको ४ वटा, नुवाकोटको ४ वटा उजुरी परेको उनले बताए । अधिकारीका अनुसार सिन्धुपाल्चोकको ३ वटा, धादिङ,काभ्रे र दोलखाको २/२ वटा,रामेछापको १ वटा उजुरी दर्ता भएकाे छ ।

आयोगमा उजुरी दर्ता भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा न्यायको अनुभव कम हुने गरेको अधिकारीले गुनासाे गरेका छन् उनले उजुरीको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिइएको बताए । नेपालमा आयोगमा परेका उजुरी मध्ये १०.५ प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याइएको समेत उनले जानकारी दिए ।

प्रदेशमा नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, यातना विरुद्धको अधिकार, महिला तथा बाल अधिकार, जातीय विभेद विरुद्धको अधिकार, आप्रवासी कामदार, जेष्ठ नागरिकको अधिकार, मानव बेचविखनमा, वातावरणको अधिकार सम्बन्धी उजुरी पर्ने गरेको अधिकारीले बताए ।


Author

थप समाचार
x